पोखरा न्यूज । पोखराका ९८ सहित गण्डकी प्रदेशमा शनिवार थप १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ९८ जना, लमजुङका २३ जना, तनहुँका २१ जना, गोरखाका १३ जना, नवलपुरका ९ जना, बागलुङका ४ जना, स्याङ्जाका ३ जना, पर्वत र मुस्ताङका २ -२ जना र म्याग्दीका १ जना गरी प्रदेशका १० जिल्लमा १७६ संक्रमित थपिएका हुन् ।
संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का ३ पुरुष तथा २ महिला, २ का १ पुरुष तथा २ महिला, ४ का २ पुरुष, ५ का ३ पुरुष तथा ३ महिला, ६ का १ पुरुष, ७ का २ पुरुष तथा ४ महिला, ८ का ६ पुरुष तथा ७ महिला, ९ का २ पुरुष, १० का ३ पुरुष तथा २ महिला, ११ का २ पुरुष तथा ४ महिला, १२ का ७ पुरुष तथा १ महिला, १३ का ३ महिला, १४ का २ पुरुष तथा ३ महिला, १५ का २ पुरुष तथा ३ महिला, १६ का २ महिला, १७ का ५ पुरुष तथा ७ महिला, १८ का १ पुरुष, १९ का १ पुरुष तथा २ महिला, २५ का १ पुरुष तथा १ महिला, २६ का ३ पुरुष, ३० की १ महिला, ३२ का १ पुरुष तथा १ महिला र वडा नखुलेका १-१ महिला पुरुष रहेका छन् ।
त्यस्तै कोरोना संक्रमित हुनेहरुमा तनहुँ व्यासका २ पुरुष तथा ३ महिला, भिमादका ६ पुरुष तथा ७ महिला, देवघाटका १ महिला, घिरिङका १ महिला, म्याग्देका १ पुरुष, बागलुङ जैमिनी गाउँपालिकाका १ पुरुष, काठेखोलाका १ पुरुष तथा १ महिला, बागलुङ पालिका नखुलेका १ पुरुष, गोरखा अजिरकोटका ६ पुरुष, बारपाक सुलीकोटका १ पुरुष, गोरखा नगरपालिकाका २ महिला, पालिका नखुलेका ४ पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले लमजुङ राइनासका ३ पुरुष तथा १ महिला, मध्ये नेपालका ९ पुरुष तथा १ महिला, सुन्दरबजारका ६ पुरुष तथा ३ महिला, मुस्ताङका २ पुरुष, स्याङजा वालिङका १ पुरुष तथा १ महिला, स्याङ्जा पुतलीबजारका १ पुरुष, पर्वत कुश्माका १ पुरुष, पैंयुका १ पुरुष, म्याग्दी बेनीका १ पुरुष, नवलपुर हुप्सेकोटकी १ महिला, बुलिङटारकी १ महिला, कावासोतीका २ पुरुष, देवचुलीका १ पुरुष , मध्यबिन्दुकी १ महिला र गैडाकोटका २ महिला तथा १ पुरुषमा पनि कोरोना पुष्टि भएको जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या ११ हजार ८ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जना निको भएसंगै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ६ हजार ८ सय ६८ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा उपचाररत कास्कीको पोखरा महानगरका २ पुरुष, लमजुङका १ पुरुष र तनहुँकी १ महिला गरी थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
मंसिर ८ गते संक्रमण पुष्टि भई उपचाररत पोखरा १५ का ५२ वर्षीय पुरुष तथा मंसिर १० गते संक्रमण पुष्टि भई उपचाररत पोखरा १० का ६९ वर्षीय पुरुषको शुक्रबार बेलुका पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
त्यस्तै मंसिर ११ गते संक्रमण पुष्टि भएका तनहुँ रिसीङ ८ की ७८ वर्षीया महिलाको शुक्रबार बेलुका मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारकै क्रममा मृत्यु भएको हो । कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड – १९ उपचार केन्द्रमा उपचाररत लमजुङ मध्येनेपाल ६ का ८५ वर्षीय पुरुषको शनिबार दिउसो २:९ बजे उपचार कै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५२ पुगेको छ ।