गण्डकी प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिको स्स्वास्थ्य उपचारप्रति गम्भीर नभएको आरोप

पोखरा न्यूज । गण्डकी प्रदेश सरका अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य उपचारप्रति गम्भीर नभएको आरोप पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले लगाएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशद्वारा शनिबार आयोजित अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, पुनर्स्थापना र कोभिड प्रतिकार्यमा प्रदेश स्तरका सरोकारवालाबीच भएको अन्तरक्रिया कार्यक्रमका सहागीले त्यस्तो आरोप लगाएका हुन् ।

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सुरक्षाका बारेमा सरोकारवाला निकायसंग छलफल र समन्वयन नै नगरी एकलौटी ढङ्गबाट आगाडि बढन् खोजेको र त्यसले सरकारका लक्षित कार्यक्रमलाई सफल बनाउन नसक्ने आरोप उनीहरुको छ । सरकारी अस्पतालले अपाङ्गता भएका भएका बिरामीको उपचार गर्न नसकेको आरोप सहभागीको थियो ।

प्रमुख अतिथि प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले छलफलमा उठेका सवालहरुलाई सम्वोधन गर्दै उल्लेखित सवालहरुमा चाडो भन्दा चाडो नतिजा आउने गरी काम अगाडि बढाउने प्रतिवधता व्यक्त गर्नुभयो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोद बिन्दु शर्माले छलफलबाट अपाङ्ग व्यक्तिको स्वास्थ्य उपचारका बारेमा आफू गम्भीर भएको र आगामी दिनमा लक्षित कार्यक्रमहरु कार्यन्वयनका लागी बन्ने कार्यबिधिहरुमा सहकार्य गर्ने प्रतिवधता व्यक्त गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशमा पुनस्थापना परियोजना अधिकृत सूर्यप्रसाद भट्टराईले प्रदेश सरकारले यसै आर्थिक वर्षमा अपाङ्ग लक्षित स्वास्थ्यका कार्यक्रमको बारेमा सरकार्य गर्न खोज्दा सम्वन्धित निकायका व्यक्तिहरु उम्कन खोजेको र सहकार्य गर्न वास्ता नगरेको बताउनुभयो ।

अपाङ्गता अधिकार कर्मी शिशिर खनालले केही दिन अगाडि कोरोना भई उपचार गर्न जाँदा ११ लाख रुपैयाँसम्म खर्चनु परेको उदाहरणीय घटनालाई स्मरण गर्दै गरिबीबाट प्रभावित आपाङ्गता भएका व्यक्तिहरु कोभिड संक्रमित हुँदा उपचार नपाएर मर्ने अवस्था रहेको बताउनुभयो । प्रदेश सरकारले छिटो भन्दा छिटो प्रदेशको स्वास्थ्य नीति निर्माण गर्नुपर्ने र नीतिमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार ऐनले व्यवस्था गरेबमोजिम निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गर्नुभयो । राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, पुनस्थापना र कोभिड प्रतिकार्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले गरेका रचनात्मक कार्यहरु प्रस्तुत गर्नुभएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button