तनहुँको विद्यालयमा स्टेशनरी सामाग्री वितरण

पोखरा न्यूज । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा शनिबार तनहुँको भिमाद नगरपालिका-२ टेक्रेस्थित बालविकास माध्यमिक विद्यालयमा सहयोग गरेको छ । लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालअन्तर्गतको क्लबले विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत २०३ जना विद्यार्थीलाई ट्र्याकसुटका साथै स्टेशनरी र खेलकूदका सामग्री वितरण गरेको हो ।

क्लबका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक टङ्कराज अधिकारीले सोही अवसरमा बाबा फÞाउण्डेशन नेपालद्वारा उपलब्ध गराइएको स्टेशनरी सामग्री पनि वितरण गरिएको थियो । फाउण्डेशनले विगत पाँच वर्षदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले फजुल खर्च गरी स्थापना दिवस मनाउनुभन्दा यस्ता सहयोगले कार्यक्रम उपयुक्त हुने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह थापा, प्रधानाध्यापक रामजी सिग्देललगायतले व्यक्तिगतरूपमा सहयोग सङ्कलन गरी क्लबको नाममा विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराएकोमा क्लब परिवार र बाबा  फाउण्डेशन प्रति आभार व्यक्त गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button