पोखराका ४१ र रुपाका ८ सहित कास्कीमा ४९ कोरोना संक्रमित थपिए

गण्डकीका थप ९५ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । गण्डकी प्रदेशमा आइतबार बिहान थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार  पोखराका महानगरका  ४१  र रुपाका ८ गरी कास्कीका ४९ जना सहित गोरखाका १८ जना, नवलपुरका १२ जना, तनहुँका १० जना तथा स्याङजा, पर्वत र लमजुङका २-२ जना गरी थप ९५ जनामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १३ पुरुष तथा ९ महिला, ३ की १ महिला, ४ की १ महिला तथा १ पुरुष, ६ का २ महिला, ९ का १ पुरुष, ११ का १ महिला, १२ का १ पुरुष, १३ की १ महिला,१४ की १ महिला १५ का १ पुरुष तथा १ महिला, १६ का १ पुरुष तथा १ महिला,१७ का २ पुरुष, १९ का १ पुरुष, २९ क १ महिला, पोखरा महानगरपालिका वडा नखुलेका १ महिला र कास्की रुपा गाउँपालिकाका ५ पुरुष ३ महिला रहेका छन् ।

त्यस्तै संक्रमित हुनेहरुमा गोरखा जिल्ला आरुघाटका ५ पुरुष, सिरानचोकका १ पुरुष, गोरखा नगरपालिका वडा नखुलेका ६ पुरुष तथा ३ महिला, भीमसेन गाउँपालिकाका १ पुरुष तथा २ महिला लमजुङ बेँसीशहरका २ महिला, नवलपुर कावासोतीका १ पुरुष तथा १ महिला, मध्यबिन्दु नगरपालिकाका १ पुरुष तथा १ महिला, हुप्सेकोटका १ महिला, देवचुलीका ३ पुरुष तथा ४ महिला, पर्वत जिल्ला कुश्माका १ पुरुष तथा १ महिला, तनहुँ जिल्ला व्यासका १ पुरुष, म्याग्देका १ महिला, आँबुखैरेनीका १ पुरुष, शुक्लागण्डकीका ४ पुरुष तथा ३ महिला, स्याङ्जा पुतलीबजारका १ पुरुष तथा १ महिला रहेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ५७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button