चिनियाँ रक्षामन्त्री वेई फेङ्हे काठमाण्डौमा

 पोखरा न्यूज संवाददाता ।   चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने नेपाल भ्रमणका लागि आज (आइतबार) बिहान काठमाडौं आइपुग्नु भएको छ । नेपाल-चीन सम्बन्धको ६५ औं वर्षगाँठको अवसर पारेर नेपाल आउनुभएका रक्षामन्त्री वेई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

उहाँ आजै काठमाडौंबाट फिर्ता हुनुहुने कार्यक्रम रहेको छ । काठमाडौंमा रहदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ । रक्षामन्त्री वेई केहीबेर चिनियाँ राजदूतावासमा आयोजना हुने कार्यक्रममा सहभागी भई सैनिक मुख्यालय जंगी अड्डामा पुग्नुहुनेछ । त्यहाँ नेपाली सेनाले ‘गार्ड अफ अनर’बाट सम्मान गर्ने छ भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवाता गर्नुहुनेछ ।

त्यसपछि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुहुने वेईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । त्यस लगत्तै वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुहुने कार्यक्रम रहेको छ । त्यसपछि भने सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने र फिर्ता हुने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button