पोखराको महेन्द्रगुफा हुँदै अर्मला–आँटीघर पुग्ने सडक स्तरउन्नति हुने

पोखरा । पोखरा महानगर वडा नं १६ महेन्द्रगुफा हुँदै अर्मलाकोट-पोखरा २२ आँटीघर सम्म पुग्ने सडकको स्तरउन्नति हुने भएको छ ।
पोखरा महानगरपालिकाले उक्त सडक स्तरउन्नति लागि करिव ५ करोड खर्च गर्ने भएको हो । महानगरले सडक स्तरउन्नतिका लागि काठमाडौको जोशी अमित जेभीले ४ करोड ७४ लाखमा ठेक्का प्राप्त गरेको छ ।

पोखरा महानगरपालिका कार्यालय १६ ले उक्त सडक स्तरउन्नतिका लागि स्थानीयस्तरमा समेत सहयोग तथा पहल गर्न एक मुल समिति तथा उपसमिति गठन गरेको छ । वडा अध्यक्ष जीवन आचार्यको प्रमुख आतिथ्यतामा भएको एक भेलाले कर्णबहादुर गुरुङको अध्यक्षतामा एक मुल उपभोक्ता समिति गठन गरेको हो । जसको उपाध्यक्षमा पशुपति भट्टराई, सचिवमा महेश गुरुङ, कोषाध्यक्षमा चन्द्रा जिसी, सदस्यहरुमा सिंहबहादुर परियार, वुद्धिबहादुर गुरुङ, रामप्रसाद भट्टराई, आरती गुरुङ र गंगा गुरुङ रहनुभएको छ । समितिको सल्लाहाकारमा कुलप्रसाद भट्टराई, तेज गुरुङ, जयलाल भट्टराई र तेजबहादुर गुरुङ रहनुभएको छ ।

भेलामा वडा अध्यक्ष आचार्यले यो सडक खण्डको स्तरउन्नति यस क्षेत्रको विकास सँगै पर्यटकीय गन्तव्यका लागि समेत महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । भेलामा सदस्य तेज गुरुङले विकासको काममा राजनीति नगरी सबै एकजुट हुन आग्रह गर्नुभयो । भेलामा पूर्व गाविस अध्यक्ष कुलप्रसाद भट्टराई, समाजसेवी यमनकाजी गुरुङ, रामकाजी गुरुङ लगाएतले आ-आफ्ना धारणा राख्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button