पोखरामा कोरोनाबाट थप २ जनाको मृत्यु

पोखरा न्यूज । कोरोनाका कारण पोखरामा थप २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि भइ पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचाररत २ पुरुषको मृत्यु भएको हो ।

मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १९ का ५७ वर्षीय पुरुषको शनिबार राति ९ :२० बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभीड – १९ उपचार केन्द्रमा उपचाररत पोखरा ११ का ६० वर्षीय पुरुषको आइतबार बिहान ५ :४५ बजे उपचारको क्रममा मृत्यु भएको निर्देशक डा. शर्माले जनाउनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५४ पुगेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button