नेपालमा पछिल्लो २४ घण्टामा १२५५ जनामा कोरोना संक्रमण, २५ को मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४ जना निको भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ । मनत्रालयले संक्रमणबाट थप २५ जनाको मृत्यु भएको जनाकारी दिएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button