पोखराका १० सहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखरामा १० सहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ५ का १ पुरुष, ९ का १ महिला, ११ का १ पुरुष, १४ का १ महिला, १५ का १ महिला, १७ का १ महिला, महानगरपालिका वडा नखुलेका १ पुरुष, कास्की जिल्ला रुपा गाउँपालिकाका १ पुरुष तथा १ महिला, अन्नपूर्ण गाउँपालिकाका १ महिला रहेका छन् ।

गोरखा जिल्ला गोरखा अस्पतालका ३ पुरुष तथा २ महिला, पालुङटार नगरपालिकाका ५ पुरुष तथा २ महिला, मुस्ताङ थासाङका १ महिला, तनहुँ जिल्ला भिमादका १ पुरुष, नवलपुर बौदीकालिकाका १ पुरुष तथा ३ महिला, म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिकाका ७ पुरुष तथा २ महिलाका कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार २४ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button