स्याङ्जामा घरमा लागेको आगो निभाउने क्रममा २ जना जलेर घाइते

पोखरा न्यूज । घरमा लागेको आगो निभाउने क्रममा स्याङ्जामा एक दम्पती जलेर गम्भीर घाइते भएका छन् ।

स्याङजा जिल्ला हरिनास गाउँपालिका-७ बुग्दीखोला निवासी ३६ वर्षीय टोपबहादुर बिकको घरमा आइतबार राति १० बजे आगलागी भएको र आगो निभाउने क्रममा टोपबहादुर र उहाँकी पत्नी ३५ वर्षीया सीता बिक आगोले जलेर गम्भीर घाइते भएका हुन ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार उनीहरु दुबैलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ । आगोले शरीरका विभिन्न भाग जलेको अवस्थामा उनीहरुको उपचार भइरहेको छ । आगलागीबाट टोपबहादुरको घर र गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button