पोखरामा ४२ कोरोना संक्रमित थपिए, एकैदिन थप ५ जनाको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा सोमबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ४५ जनासहित, गोरखाका १२ जना, म्याग्दीका १० जना, बागलुङका ८ जना, स्याङजाका ७ जना, नवलपुरका ४ जना, मुस्ताङका ३ जना र तनहुँका २ जना गरी  प्रदेशका ८ जिल्लामा थप ९१ जनामा कोरोना भाइरस देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा कास्कीको  पोखरा महानगर वडा न २ का १ पुरुष, वडा नं ५ का १ पुरुष तथा १ महिला,  ६ का १ पुरुष तथा २ महिला, ७ का ३  पुरुष, ८ का १ पुरुष, ९ की १ महिला,  १० का ३ पुरुष तथा १ महिला, ११ का ३ पुरुष, १२ की १ महिला १३ का १ पुरुष, १४ का १ पुरुष तथा १ महिला, १५ का १ पुरुष तथा १ महिला, १६ का १ पुरुष,  १७ का ३  पुरुष तथा २ महिला, १८ की १ महिला, २१ का १ पुरुष, २३ का १ पुरुष,   २५ का १ पुरुष, २६ का २  पुरुष तथा २ महिला, २८ की १ महिला, ३२ की १ महिला, वडा नखुलेका १ पुरुष, रुपा गाउँपालिकाका १ पुरुष तथा १ महिला र अन्नपूर्ण गाउँपालिकाकी १ महिला रहेका छन् ।

यस्तै तनहुँ शुक्लागण्डकी की १ महिला, भिमादका १ पुरुष, स्याङ्जा वालिङका १ पुरुष तथा ५ महिला, पुतलीबजारका १ पुरुष ,मुस्ताङका २ पुरुष तथा १ महिला, बागलुङका ५ पुरुष तथा ३ महिला, गोरखा जिल्ला गोरखा अस्पतालका ३ पुरुष तथा २ महिला, पालुङटार नगरपालिकाका ५ पुरुष तथा २ महिला, नवलपुर बौदीकालिकाका १ पुरुष तथा ३ महिला, म्याग्दीका ८  पुरुष तथा २ महिलामा कोरोना पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा थप १६२ जना निको भएसंगै संक्रमण मुक्त हुनेको संख्या ७ हजार ७२ पुगेको छ ।

गण्डकी प्रदेशमा सोमबार थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि भइ पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचाररत ३  पुरुष तथा २ महिलाको मृत्यु भएको हो ।

मंसिर १२  गते कोरोना संक्रमण पुष्टि भइ पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत पोखरा १६ की  ५७ वर्षीया  महिलाको सोमबार बिहान ४ :००  बजे तथा मंसिर १४ गते कोरोना संक्रमण पुष्टि  भइ मणिपाल शिक्षण अस्पताल पोखरामा  उपचाररत पोखरा-१३ की ७८ वर्षीया महिलाको सोमबार दिउसो १.३० बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी मंसिर ८  गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभीड – १९ उपचार केन्द्रमा उपचाररत पोखरा ३  का ६५ वर्षीय पुरुषको आइतबार दिउसो ४ : ३३  बजे, मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भइ उपचाररत पोखरा-१८ निवासी ५१ वर्षीय पुरुषको आइतबार राति ९.४५ बजे तथा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत स्याङ्जा वालिङ नगरपालिका-१४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार उपचारकै क्रममा मृत्यु भएको निर्देशक डा. शर्माले जनाउनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५९ पुगेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button