नेलम्बोद्वारा अन्नपूर्णका विद्यालयलाई ६ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

पोखरा न्यूज । अन्नपूर्ण गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्रीहरू प्रदान गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच नेलम्बोले गाउँपालिकाका ५१ विद्यालयलाई ६ लाख बराबरका मास्क, स्यानिटाइजर, ग्लोब्स्, थर्मल गन लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो । संस्थाका अध्यक्ष एकदेव देवकोटासहितको टोलीले ती सामग्री गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ लगायत विद्यालयका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको हो ।

गाउँपालिका उपाध्यक्ष गुरुङले कोरोना भाइरस विरुद्धको अभियानमा नेलम्बो नेपालले ठुलो साथ दिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेकोमा पछिल्लो समय जिल्लाभर करिब ६५ हजार जनतालाई पुग्ने गरी रु. ६२ लाख मूल्यका स्वास्थ्य सामग्री वितरण गरेको जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button