पोखरामा ३८ सहित गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा ३८ सहित गण्डकी प्रदेशमा मंगलबार बिहान थप  ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, ५ का १ पुरुष तथा २ महिला, ६ की १ महिला, ७ का १ पुरुष, ८ की १ महिला, ९ का १ पुरुष तथा १ महिला, ११ का १ पुरुष तथा १ महिला, १२ का १ पुरुष तथा १ महिला, १३ का १ पुरुष १ महिला, १४ की १ महिला, १६ का १ पुरुष, १९ का १ पुरुष, २१ का १ पुरुष, २६ की १ महिला, ३२ का १ पुरुष, पोखराको मिलिटरी अस्पतालका २ प्ुरुष, साहारा अस्पतालका १ पुरुष, फेवासिटी अस्पतालका १ महिला, कास्की सेवा अस्पतालका १ महिला, चरक मेमोरियलका १ पुरुष तथा १ महिला, मणिपाल शिक्षण अस्पतालका ३ पुरुष, गण्डकी मेडिकल कलेजका ५ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै संक्रमण पुष्टि हुनेहरुमा कास्की जिल्ला मादी गाउँपालिकाका ३ पुरुष तथा १८ महिने बालिकासहित ३ महिला, बागलुङ जिल्ला जैमिनीका २ पुरुष, काठेखोलाका १ पुरुष, गोरखा जिल्ला गोरखा नगरपालिकाका १ पुरुष, नवलपुर गोडाकोटका ४ पुरुष तथा ३ महिला, मध्यबिन्दुका १ पुरुष, कावासोतीका ३ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या १२ हजार १ सय १७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button