पोखरामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थपिए ४७ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ३४ सहित गण्डकी प्रदेशमा मंगलबार दिउसो थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं २ की १ महिला, ४ की १ महिला, ५ का २ पुरुष, ६ का १ पुरुष, ७ की १ महिला, ८ का २ पुरुष तथा १ महिला, १० का ३ पुरुष तथा ३ महिला, ११ का २ महिला, १३ का २ पुरुष तथा २ महिला, १४ का ३ पुरुष तथा १ महिला, १६ का १ पुरुष तथा १ महिला, १७ का २ पुरुष, १८ का २ पुरुष, १९ का १ पुरुष, ३३ का १ पुरुष, कास्की जिल्ला मादी गाउँपालिकाका १ पुरुष रहेका छन् ।

त्यस्तै कोरोना संक्रमण पुष्टि हुनेहरुमा तनहुँ व्यासका १ पुरुष तथा २ महिला, भानुमा १ पुरुष, भिमादका १ पुरुष आँबुखैरेनीका २ पुरुष, स्याङ्जा जिल्ला पुतलीबजाका १ पुरुष तथा १ महिला, वालिङका १ पुरुष, अर्जुन चौपारीका १ पुरुष, म्याग्दी जिल्ला पालिका नखुलेकी १ महिला र पर्वत जिल्ला पैंयूका १ महिला रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार एक सय ३८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button