नागरिकको घरघरमा पुगेर स्वाब संकलन

पोखरा न्यूज संवाददाता । काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाव संकलनको कामलाई तीव्रता दिएको छ ।

उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यान मार्फत घरघरमा गएर स्वाव संकलनको कामलाई तीव्रता दिएको हो । कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको ट्रेसिङमा परेका र अस्पतालसम्म परीक्षणका लागि जान नसक्ने नागरिकहरुको स्वाब संलकन महानगरले गरिरहेको छ ।

महानगरले कन्ट्याक ट्रसिङमा परेका र लक्षण देखिएका, अस्पताल जान नसक्ने अवस्थाका ज्येष्ठ नागरिक र असहायहरुको स्वाब संकलन गरिरहेको महानगरको स्वाब संकलन कार्यक्रमका संयोजक ऋषि भुसालले बताउनुभयो । महानगरले मोबाइल भ्यान मार्फत स्वाव संलकन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाउने गरेको पनि उहाँले बताउनुभयो ।

११ नम्बर वडाका सहायक सचिव सर्वज्ञराज पौडेलले वडाहरुमा ट्रेसिङमा परेका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी महानगरको जनस्वास्थ्य विभागको समन्वयनमा स्वा संलकन भइरहेको बताउनुभयो । उहाँले संक्रमणको दर बढिरहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्किन पनि सर्वसाधारणहरुलाई आग्रह गर्नुभएको छ । काठमाडौंमा दिनदिनै संक्रमितहरुको संख्या बढीरहेकाले महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई तीव्रता दिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button