नवलपुरमा बसको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

पोखरा न्यूज । नवलपुरको मध्यबिन्दु नगरपालिकामा मंगलबार दिउसो बसले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

मध्यबिन्दु नगरपालिका-९ बसन्तपुरको भित्री सडकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको थुम्कीदेवी बोर्डिङ स्कुलको ग १ क २४८३ नं.को बसले विपरित दिशा तर्फ जाँदै गरेको लु २० प २४३७ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार मध्यबिन्दु नगरपालिका-१३ का २६ वर्षीय सन्तबहादुर कुमालको मृत्यु भएको हो । कुमालको पुरानो मेडिकल कलेज चितवनमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

त्यस्तै सोही मोटरसाइकलमा सवार नवलपुर मध्यबिन्दु नगरपालिका-१३ निवासी ३५ वर्षीय मनु बिक र मध्यबिन्दु १३ कै मोटरसाइकल चालक २६ वर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरेको छ, बस र चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button