नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण, २१ को मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयले मंगलबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । मंगलबार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६सय ३३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ७३ जना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या २ लाख १६ हजार ५सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button