पोखरामा थप ३५ जनामा कोरोना पुष्टि, थप १ को मृत्यु

गण्डकीमा ११७ संक्रमित थपिए, मृतकको संख्या १६२ पुग्यो

पोखरा न्यूज । गण्डकी प्रदेशमा बुधबार थप ११७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरका ३५ सहित प्रदेशका  ९ जिल्लामा थप ११७ जनामा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगर वडा नं २ का ३ महिला, ३ का १ पुरुष,  ५ का १ पुरुष, ७ की १ महिला,१० का १ पुरुष तथा २ महिला, ११ का १ पुरुष तथा २ महिला, १२ का २ पुरुष, १३ की १ महिला, १४ का १ पुरुष तथा १ महिला,   १५ का २ पुरुष तथा १ महिला, १६ का २ पुरुष तथा १ महिला, १७ का ३  पुरुष तथा १ महिला, १८ का १ पुरुष, १९ का १ पुरुष तथा १ महिला, २६ की १ महिला, २९ का १ पुरुष तथा १ महिला, ३२ की १ महिला, वडा नखुलेका १ पुरुष रहेका छन् ।

त्यसै गरी तनहुँ घिरिङका ५ पुरुष, व्यासका ५  पुरुष तथा १ महिला, भिमादका ४ पुरुष तथा ५ महिला, म्याग्देका १ पुरुष, आवुखैरेनीका १ पुरुष, शुक्लागण्डकीकी १ महिला, स्याङजा पुतलीबजारका १ पुरुष, गल्याङका १ पुरुष, पर्वत महाशिलाका ३ पुरुष, बागलुङ गल्कोटकी १ महिला, बागलुङ नगरपालिकाका ३ पुरुष तथा २ महिला, तमनखोलाका ३ पुरुष तथा १ महिला,  गोरखा जिल्ला गोरखा नगरपालिकाका ११ पुरुष तथा ३ महिला, आरुघाटका २ महिला, भीमसेन थापा गाउँपालिकाका १ पुरुष, लमजुङका १६ पुरुष तथा ९ महिला, मुस्ताङकी १ महिला र नवलपुर गैंडाकोटका १ पुरुषमा कोरोना देखिएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार २ सय ९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा  कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।  मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भइ मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १४ की ४८ वर्षीया महिलाको बुधबार दिउसो १२:२० बजे उपचार कै क्रममा मृत्यु भएको  स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भइ मध्येबिन्दु अस्पताल नवलपुरमा उपचाररत नवलपुर कावासोती १४ का ७८ वर्षीय पुरुषको मंगलबार राति ११ :१५ बजे उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस संगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button