पोखरामा एकैपटक थपिए ५८ जना कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ५८ सहित गण्डकी प्रदेशमा विहीबार दिउसो थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ग्ण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का ३ पुरुष तथा २ महिला, २ का १ पुरुष तथा २ महिला, ३ की १ महिला, ४ का ३ पुरुष तथा १ महिला, ५ का ४ पुरुष तथा १ महिला, ६ की १ महिला, ७ का २ पुरुष तथा १ महिला, ८ का १ पुरुष तथा २ महिला, १० का १ पुरुष तथा ३ महिला, १२ का २ पुरुष, १४ की १ महिला, १५ की १ महिला, १७ का २ पुरुष तथा २ महिला, १८ का १ पुरुष, २१ का १ पुरुष, २४ का १ पुरुष, २६ का ४ पुरुष तथा १ महिला, २७ का ४ पुरुष, २९ का १ पुरुष, ३० का ४ पुरुष तथा ३ महिला, ३२ का १ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै संक्रमण पुष्टिहुनेमा स्याङ्जा जिल्ला पुतलीबजारका ४ पुरुष तथा १ महिला, बागलुङ काठेखोलाका १ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १२ हजार ३ सय ६२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button