पोखरामा ६ सहित गण्डकीमा थपिए ३३ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ६ सहित गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ६ की १ महिला, १० का १ पुरुष, १३ की १ महिला, १६ का १ पुरुष, २९ की १ महिला र वडा नखुलेका १ पुरुष रहेका छन् ।

त्यस्तै कोरोना संक्रमित हुनेहरुमा तनहुँ व्यासकी १ महिला, स्याङ्जा वालिङ २ पुरुष तथा १ महिला, अर्जुन चौगारीकी १ महिला, नवलपुर कावासोतीका १२ पुरुष तथा १० महिला रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button