पोखरामा शुक्रबार नयाँ पुस्तामा नारायण गोपाल कार्यक्रम हुँदै

पोखरा न्यूज । पोखरामा शुक्रबार नयाँ पुस्तामा नारायण गोपाल कार्यक्रम हुने भएको छ । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जको आयोजनामा १९ गते शुक्रबार उक्त कार्यक्रम हुन लागेको हो ।

अनप्लग्ड, स्रष्टा र समर्पण शीर्षकको यस कार्यक्रममा रेडियो अन्नपूर्णका संस्थापक स्टेसन म्यानेजर एवं वरिष्ठ साहित्यकार प्रकाश सायमी, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्ण मोहन श्रेष्ठ र साङ्गीतिक कलाकार सङ्घ पोखराका अध्यक्ष सुनिल थापाले स्वरसम्राट नारायण गोपाल र उहाँको पोखरा सम्बन्धको बारेमा चर्चा गर्नुहुनेछ ।

नारायण गोपाल स्मृति दिवसको सन्दर्भमा आयोजना गरिने यो कार्यक्रममा पोखरेली गायक गायिकाले नारायण गोपालको सम्झनामा उहाँले गाउनुभएका गीत सुनाउनुहुनेछ ।

गायिका कौसल्या गुरुङले यति धेरै माया दिई, गायक सन्तोष बस्याल र गायिका अजुदा थापाले तिम्रो मनमा लुकेको कुरा, गायिका ममता गुरुङ पर्खी बसे, गायक विक्रम बरालले यो मुटुलाई र गायक प्रयत्न श्रेष्ठ केही मिठो बात गर गीत गाउनुहुनेछ ।

यसका अलावा गायक रामभक्त जोजीजु, गायक विनोद बानिया, गायिका इतु जोजिजुले समेत नारायण गोपालले गाउनु भएको गीत आफ्नो आवाजमा सुनाउँदै नयाँ पुस्तामा नारायण गोपालको बारेमा जानकारी प्रदान गर्न सघाउनुहुनेछ ।

स्वरसम्राट नारायण गोपालको बारेमा नयाँ पुस्तामा जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सञ्जय मल्लले बताउनुभयो । कार्यक्रम बिहान ९ बजेबाट सुरु हुने संयोजक सन्तोष बस्यालले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button