तनहुँमा गाडीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

पोखरा न्यूज । तनहुँमा शुक्रबार सुमो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवा गम्भीर घाइते भएका छन् ।

बन्दीपुर-१ स्थित डुम्रे बन्दीपुर भित्री सडकमा डुम्रेबाट बन्दीपुरतर्फ जाँदै गरेको ना ३ च ९०६७ नं को सुमो गाडीले बिपरीत दिशाबाट आएको ग १४ प ३७९९ नं को मोटरसाइकललाई ठक्कर दिएको हो । गाडीको ठक्करबाट उक्त मोटरसाइकल चालक बन्दीपुर-५निवासी ३२ वर्षीय विक्रम गुरुङ गम्भीर घाइते हुनुभएको हो ।

घाइते गुरुङको स्थानी लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button