दमौलीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालक घाइते

पोखरा न्यूज । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास नगरपालिका-४ स्थित शहिद गेटमा शुक्रबार ट्याक्टरको ठक्करबाट स्कुटर चालक घाइते भएका छन् ।

दमौलीबाट बुल्दीपुलतर्फ जाँदै गरेको ना ६ त २२९१ नं को ट्याक्टरले बिपरीत दिशाबाट आउदै गरेको ग १२ प ८२९४ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक व्यास-४ का २२ वर्षीय महेन्द्र गुरुङ घाइते हुनुभएको छ । घाइते गुरुङको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि वढाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button