रबि कार्कीको माया के रैछ ले चर्चा बटुल्दै

पोखरा न्यूज संवाददाता । कोरोनाका कारण असहजताको अवस्था सृजना भएपनि नेपाली सांगीतिक क्षेत्रमा म्युजिक भिडियो बन्ने र रिलिज हुने क्रम रोकिएको छैन ।

हास्य क्षेत्रमा संघर्षरत म्याग्देली कलाकार रबि कार्कीले आफ्नो पाँचौ साँगितीक एल्बम आफ्नै सङ्गीतमा “माया के रैछ“ लोक तथा दोहोरी गीतआफ्नै युट्युब च्यानलबाट बजारमा ल्याउनुभएको छ ।

आफ्नी प्रेमीकासँग घरजम हुन नसकेपछि माया के रहेछ भनेर भावव्हिल हुँदै “प्रेमीकाको माया आफूले बिर्सन नसक्ने बिर्सनै परे त्रिशुलरोपेर जान“ कार्कीले गीत मार्फत अनुरोध गर्नुभएको छ । सुन्दर शैलीमा प्रस्तुत गरिएको गीत माया के रैछ का रचनाकार प्रवीण खत्री“ठुले“ हुन भने कार्की स्वयं र देवी घर्तीले ती सुन्दर शब्दमा जादुमयी आवाज दिएका छन् । वास्तविक जीवनको भोगाई झैँ लाग्ने गरी स्मृति तिमिल्सिना गुरुआमाले कलात्मक रूपमा गीतलाई पर्दामा उतार्नुभएको छ ।

हेमन्त रसाइली कान्छाले संगीत संयोजन गरेको गीतमा जुना गुरुङ, रबि कार्की, गङ्गा कँडेल, नारायण बास्तोला, सज्जन बोहोरा रजनिता खत्रीको जीवन्त अभिनय हेर्न सकिन्छ । प्रकाश धमलाले सम्पादन गरेको भिडियो गणेश सापकोटा र अर्जुन बास्तोलाले खिचेकाहुन भने गुरुआमा फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो । गीत केही दिन देखी सामाजिक सञ्जालमा हिट हुँदै गई रहेको र आफ्ना अन्य एल्बमलाई झै सबैले माया गर्ने विश्वास कार्कीको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button