लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा न्यूज । लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई कास्की प्रहरीले शुक्रबार पर्वतको कुश्माबाट पक्राउ गरेको छ ।

लागूऔषध मुद्दामा कास्की जिल्ला अदालतबाट वि.स. २०७५ असार २७ गतेको फैसलामा २ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरीवाना तोकी हालसम्म फरार रहेका बागलुङ ढोरपाटन घरभई पर्वत जिल्ला कुश्मा नगरपालिका-१ मा डेरागरी बस्ने २४ वर्षीय गोकुल गुरुङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गुरुङलाई पर्वतको कुश्मा नगरपालिका-१ बट पक्राउ गरी कास्की जिल्ला अदालतमा बुझाएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button