सौगात र मेलिनाको आवाजमा ‘मैले गर्ने माया’ गीत सार्वजनिक

पोखरा । गायक सौगात जंग थापाको आवाजमा रहेको ‘मैले गर्ने मायाँ…’ बोलको गीत सार्वजनिक भएको छ । सौगातलाई आवाजमा गायिका मेलिना राईले साथ दिनु भएको छ । उत्तम कुमार बर्तौलाले रचना गरेको गीतमा प्रशान्त पौडेलको संगीत सुन्न पाइन्छ ।

गीतको भिडियो समेत आर्कषक बनेको छ । उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा तयार भएको भिडियोमा सुधिर श्रेष्ठ र गिता ढुंगानाको अभिनय हेर्न पाइन्छ । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको म्युजिक भिडिओको छायांकन ज्ञानेन्द्र शर्माले गर्नुभएको हो । भिडियो सम्पादनको जिम्मा अमृत चापागाईले पुरा गर्नु भएको हो ।

पोखरा न्यूजसँग कुरा गर्दै गायक सौगात जंग थापा भन्नुहुन्छ- ‘म बिगत ३ वर्षदेखि यो क्षेत्रमा संघर्ष गर्दै छु । मैले पहिलो गीत नओइलिने फूल निकालेको थियो । यो दोस्रो गीत हो । केही गीत स्टुडियोमा रेकर्ड भएर बसेका छन् । अब त्यसलाई बिस्तारै बजारमा ल्याउनेछु । यसका अलावा केही गीत अब रेकर्डको क्रममा छन् ।’

सिन्धुली जिल्लामा एउटा सामान्य परिवारमा जन्मिएका थापाले सांगीतिक क्षेत्रमा ल्याउन अंकल टलक थापा थकितको धेरै ठूलो हात भएको बताउनुहुन्छ । ‘मैले पहिलो गीत उहाँको शब्दमा गाएको थिए । यो क्षेत्रमा घर परिवारबाट मलाई खासै सहयोग गर्नुहुन्न आफुले जे पढेको त्यसमानै फोकस गर मात्र भनु हुन्छ’ उहाँले भन्नुभयो । हाल स्नातक भर्ना हुनु भएका थापाले भेटेनेरिमा डिप्लोमा गरिसक्नु भएको छ । ‘अब संगीतमानै भविक्ष्य खोज्दै छु, यसको लत लागिसक्यो, कमी कमजोरी सुधारेर अगाडि बढ्छु’ थापाले भन्नुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button