राजनीतिसमाचारसमाज

सरकारले अधिनायकवादी प्रवृति देखायो : कांग्रेस सहमहामन्त्री महत

पोखरा न्यूज संवाददाता । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ । सरकारले निरंकुश प्रवृति देखाएको भन्दै कांग्रेसले आगामी २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले ७७ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले सरकारले अधिनायकवादी प्रवृति देखाइराखेको र देशमा दमन र बेथितिको अवस्था रहेको बताउनुभयो ।

त्यसबाहेक कोभिड १९ अव्यवस्थापनमा चरम सीमा नाघेको र भ्रस्टाचारलाई संरक्षण गरेकोले त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको बताउनुभयो । यस्तै संसदको तत्काल बैठक बोलाउन समेत माग गरिएको सहमहामन्त्री महतले बताउनुभयो । सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । कोभिडको अव्यवस्थापन, भ्रष्टाचार, दमनकारी प्रवृति लगायतका विषमा तत्काल छलफल गर्न आवश्यक रहेकाले पनि संसद बैठक माग गरिएको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button