मनाङमा बाटो खन्ने क्रममा डोजरसहित चालकलाई ढिस्कोले पुर्यो

पोखरा न्यूज । मनाङमा शनिबार दिउसो बाटो खन्ने क्रममा माथिबाट खसेको ढिस्काले पुरिएर डोजर चालक घाइते भएका छन् ।

मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ स्थित मनाङदेखि खाङसार जाने बाटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले डोजरसहित चालकलाई पुरेको हो ।

ढिस्कोले पुरिएर मुगु जिल्ला कामारौन गाउँपालिका-५ निवासी ६० वर्षीय डोजर चालक ढुल्पिन लामा घाइते हुनुभएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता राजेन्द्रबावु रोग्मीका अनुसार चालक लामाको खुट्टा, निधार र छातिमा चोट देखिएको छ ।

घाइते लामालाई उपचारका लागि मनाङको सदरमुकाम चामे स्थित जिल्ला अस्पताल चामे ल्याइएको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button