पोखरामा कोरोनाबाट थप ३ जनाको मृत्यु

पोखरा न्यूज । पोखरामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि भइ पोखराका २ अस्पतालमा उपचाररत २ पुरुष तथा १ महिलाको मृत्यु भएको हो ।

मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा १२ का ८० वर्षीय पुरुषको शनिबार दिउसो १२:१५ बजे तथा मंसिर १८ गते संक्रमण पुष्टि भएकी पोखरा ११ की ७२ वर्षीया महिलाको शुक्रबार बेलुका ८:४५ बजे पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी कार्तिक २८  गते संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा १७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button