पोखरामा ४४ सहित गण्डकीमा थपिए ७७ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ४४ जनासहित गण्डकी प्रदेशमा शनिबार दिउसो थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का ३ पुरुष तथा १ महिला, २ का २८ महिने बालकसहित ३ पुरुष तथा १ महिला, ४ का १ पुरुष, ५ का २ पुरुष तथा १ महिला, ६ का १ पुरुष, ७ का १ पुरुष, ८ का १ पुरुष, १० का १ पुरुष, ११ का ३ महिला, १३ का २ पुरुष, १४ का ३ पुरुष तथा १ महिला, १५ का १ पुरुष तथा २ महिला, १६ का १ पुरुष तथा १ महिला, १७ का ५ पुरुष तथा ३ महिला, १९ की १ महिला, २२ का १ पुरुष, २६ का १ पुरुष तथा १ महिला, ३० का १ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै संक्रमित हुनेहरुमा कास्की माछापुच्छ्रे गाउँपालिकाका १ पुरुष, बागलुङ जिल्ला बागलुङ नगरपालिकाका १ पुरुष तथा १ महिला, बागलुङ जैमिनीका २ पुरुष तथा २ महिला, काठेखोलाका १ पुरुष, गलकोट नगरपालिकाका १ पुरुष, लमजुङ जिल्ला सुन्दरबजारका १ पुरुष, दुधपोखरीका १ पुरुष, राइनासका ४ पुरुष तथा १ महिला, बेँसीशहरका ३ पुरुष तथा ३ महिला, म्याग्दी जिल्ला बेनी नगरपालिकाकी १ महिला, पर्वत कुश्माकी १ महिला, फलेवासका १ पुरुष, तनहुँ जिल्ला शुक्लागण्डकीका ३ पुरुष तथा ३ महिला रहेका छन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ५६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button