राजसंस्थाको माग गर्दै काठमाडौंमा प्रदर्शन

पोखरा न्यूज संवाददाता । राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को आव्हानमा राजसंस्थाको माग गर्दै प्रदर्शन भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रहलाई बेवास्ता गर्दै राजावादीहरुले काठमाडौंको माइतीघर देखि बानेस्वर सम्म प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएका उनीहरु जुलुस सहित नयाँ बानेश्वरसम्म पुगि कोणसभामा परिणत भएका थिए ।

उनीहरुले पृथ्वीनारायण शाहको तस्वीर बोकेका थिए भने संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन् । सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना हुनुपर्ने र संघीयता सँगै धर्म निरपेक्षता खारेज हुनुपर्ने माग आफुहरुको रहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन लगायतका गतिविधि गर्न रोक लगाएको छ । तरपनि प्रदर्शनकारीहरुले प्रशासनको सो आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गरेका हुन् । पछिल्लो समय राजावादीहरुले देशभर प्रदर्शन गर्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button