पोखरामा ५ सहित गण्डकीमा थपिए २९ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ५ जनासहित गण्डकी प्रदेशमा शनिबार दिउसो थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नखुलेका ४ पुरुष तथा १ महिला, माछापुच्छ्रे गाउँपालिकाका २ महिला, बागलुङका ६ पुरुष तथा २ महिला, गोरखा अजिरकोटका ३ पुरुष, गोरखा गण्डकी गाउँपालिकाका ३ पुरुष तथा १ महिला, लमजुङ सुन्दरबजारका २ पुरुष तथा १ महिला, म्याग्दी जिल्ला अन्नपूर्णका १ पुरुष तथा १ महिला, मुस्ताङका २ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या १२ हजार ५ सय ८५ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button