नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण, १० को मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८सय ८५ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । त्यसैगरी नेपालभर पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button