सन्तोषको आवाजमा ‘माछापुच्छ्रे हिमचुलीको’ गीत तयार

पोखरा । गायक सन्तोष बस्यालको आवाजमा रहेको गीत ‘माछापुच्छ्रे हिमचुलीको’ भिडियो तयार भएको छ । केही समय अगाडि रेकर्ड भएको यो गीतलाई गायक बस्यालले भिडियोसहित सार्वजनिक गर्दै हुनुहुन्छ । यो गीतको कोरसमा बस्याललाई गायिका प्राप्ति तुलाचनको साथ मिलेको छ ।

राम्जी घिमिरेले रचना गर्नु भएको गीतमा सागर शाह (एनजे) ले संगीत भर्नुभएको छ । राजेश विष्टको एरेन्जमा तयार भएको गीतको रेर्कडिष्ट सिजन बज्राचार्य हुनुहुन्छ । गीत सिजन रेकडिङ स्टुडियोमा रेकर्ड भएको हो ।

पोखरासँग सम्बन्धित रहेको यो गीतको भिडियो आर्कषक बनाउन खोजिएको छ । नेत्र इन्टरटेन्मेन्ट मार्फत निर्माण गरिएको भिडियोको निर्देशन नेत्र गुरुङले गर्नुभएको हो । गायक बस्याललाई पब्लिसिटी डिजायनमा सविन गायकले सघाउनुभएको छ ।

गीतबाट सबैको साथ पाउने अपेक्षा गर्नुभएका बस्यालले केही दिनमा गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । भिडियोमा गायक बस्यालले समेत अभिनय गर्नु भएको छ । शर्मिला अधिकारी, सविन गायक, नवु सुवेदी र वर्षा क्षेत्रीको अभिनय भिडियोमा हेर्न पाइन्छ । भिडियोको छायाकंन पोखराका पर्यटकीय स्थलमा गरिएको छ । गीतले पोखराको पर्यटन प्रर्वद्धनमा समेत सघाउने गायक बस्यालको विश्वास रहेको छ ।

सञ्चारकर्मी समेत रहनुभएका गायक बस्यालको औपचारिक गायन यात्रा भने २०७० सालमा ‘मैले तिमीलाई’ बोलको गीतमा आवाज भरेर भएको हो । हालै गायक बस्याल र समीक्षा अधिकारीको आवाजमा रहेको गीत ‘एउटै मुटु’ सार्वजनिक भएको थियो ।
हुनत ओम गुरुङसँगको सहकार्यमा गरेको रेशम फिरिरि र सहिमा श्रेष्ठसँगको सहकार्यमा तयार गरिएको ढाट्यो मायाले गीतले सन्तोषको परिचयलाई विस्तार गरेको थियो ।

 

सन्तोषले कानैमा झुम्का गीतमा संगीत भर्नुभएको छ । सहिमा श्रेष्ठको आवाजमा रहेको यो गीतको रचना जेनिसा ठकुरीले गर्नुभएको हो । यस्तै योगेश काजीको संगीत, राम्जी घिमिरेको शब्द अनि सन्तोषको आवाजमा रैछु बैगुनी गीत तयार भएको छ । दीननाथ बांस्तोलाको शब्द संगीतको दशैं गीतमा समेत उहाँको आवाज सुन्न पाइन्छ । अजुदा थापा र सन्तोषको आवाजमा ‘विर नेपाली’ गीत तयार हुँदैछ । यो गीतको कम्पोज र रचना बस्यालकै हो संगीत संयोजनको जिम्मा सुनिल थापालाई पाउनु भएको छ । गीत रेर्कड भइसकेको छ । यस्तै आजाद दाहालको शब्दमा ‘बस है पियारी’ गीत सन्तोषकै आवाज र कम्पोजमा तयार हुँदैछ ।

उहाँले पोखराका दोहोरी साँझ तथा रेष्टुरेन्टमा गीत सुनाएर धेरै संगीत पारखीको माया पाउनुभएको छ । विसौनी दोहोरी साँझबाट सुरु भएको उहाँको प्रत्यक्ष गायन यात्रा दौतरी दोहोरी साँझ, फेवा दोहोरी साँझ, हाम्रो दोहोरी साँझ, अन्नपूर्ण गार्डेन रेष्टुरेन्ट, मेलोडि क्याफे, मुग्लान रेष्टुरेन्ट हुँदै कोरोना महामारी अगाडिसम्म ओपन हाउसमा आफ्नो प्रस्तुति राख्नुहुन्थ्यो । बस्याल सञ्चार क्षेत्रमा समेत उतिकै सक्रिय हुनुहन्छ । उहाँले पोखरामा आयोजित एलिजा सिङ्गिङ स्टारमा कार्यक्रममा वेष्ट भोकल अवार्ड जित्नु भएको थियो । अब निरन्तर सांगीतिक कोसेली पस्कने योजना उहाँले बनाउनु भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button