विशेष छुट र अफरसहित दराज १२.१२ घोषणा, सामसुङ्ग एस २० एफई जित्ने मौक

पोखरा न्यूज । यस वर्षको ११.११ अभियानको विशाल सफलतापछि नेपालको अग्रणी अनलाइन बजार दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ। उक्त अभियान २७ मंसिर मध्यरात देखी ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ ।

१२.१२ मा दराज उपभोक्ताहरुले विशेष छुटका साथ भाउचरहरू, र बैंक कार्डमार्फत थप छुटको लाभ उठाउन सक्नेछन् । यस अभियानको लागि, सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटीजन बैंकका क्रेडिट र डेबिट कार्ड धारकहरूले कार्ड प्रि-पेमेन्टमा १२प्रतिशत (अधिकतम रु १२१२) सम्मको छुट पाउन सक्नेछन् ।

यसबाहेक, उपभोक्ताहरुले ‘मेगा गिभअवे’ को रूपमा रु. ६९,९९९ को नयाँ सामसुङ्ग ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त गर्नेछन् । सेलको उत्साहलाई निरन्तरता दिनको लागि, उपभोक्ताहरुले वान रुपी गेममा पनि भाग लिन सक्दछन् जहाँ उनीहरूले नयाँ मोटोरोला ई प्लस लगायत अन्य उत्पादनहरु मात्र रु १ मा जित्न सक्नेछन् । त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोला जी प्ले दराजमार्फत लन्च गर्दै छ । उक्त फोनहरुमा इच्छुक खरीददारहरूले कार्डमार्फत १२ प्रतिशतको अतिरिक्त छुटका साथ निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सक्नेछन् ।

१२.१२ मा दराजले नेपालमा बनेका सामानहरूलाई विशेष प्राथमिकता दिंदै उत्तम मूल्यमा उपलब्ध गराउँदैछ । ग्राहकहरूले सलाना, भिर जिन्स, र जे फिशर जस्ता अन्य धेरै नेपाली ब्राण्ड र उत्पादनहरूमा राम्रो अफरहरू अपेक्षा गर्न सक्दछन् । यससँग, दराजले स्थानीय सानो र मध्यम आकार का उद्यम (एसएमई)हरूलाई अझ बढावा दिने र उनीहरूलाई ११.११ मा गरे जस्तै देशभरका लाखौं ग्राहकहरूसँग जोड्ने आशा गरेको छ ।

अभियानका लागि उत्साहित दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भन्नुभयो, ‘दराज ११.११ दराज को लागि मात्र नभई विशेष गरी साना आकारका उद्यमहरू र स्थानीय विक्रेताहरुको लागि एकदमै सफल अभियान रहेको थियो हामी १२.१२ को साथ २०२० लाई सकारात्मक ढंगले टुंग्याउने आशा गर्दछौं ।’ यस्ता सेल अभियानहरूले स्थानीय विक्रेता र एसएमईलाई बढावा दिन राम्रो प्लेटफर्मको रूपमा काम गर्ने तथा ग्राहकहरूलाई सुरक्षित र उत्तम शपिंग अनुभव प्रदान गर्ने निर्देशक अलरिङ्गको भनाई छ ।

कोभिड महामारीलाई ध्यानमा राख्दै कम्पनीले ग्राहक र स्टाफको सुरक्षा सुनिश्चित गर्नका लागि उत्तम स्वच्छता अभ्यासहरूको पनि निरन्तर अनुसरण गरिरहेको जनाएको छ । दराजले आफ्ना ग्राहकहरूलाई उत्तम शपिङ्ग अनुभव सुनिश्चित गर्न कुनै पनि सामान खरीद गर्नु अघि जहिले पनि विक्रेताको रेटिंग्स र उत्पादन सम्बन्धित ग्राहक समीक्षाहरु हेर्न प्रोत्साहित गर्दछ । यस बाहेक ग्राहकहरूले दराज सहायता केन्द्र (हेल्प सेन्टर) मार्फत ग्राहक सेवा सँग आफुलाई चाहिएको सबै जानकारी प्राप्त गर्न सक्ने पनि जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button