पोखरा न्यूज । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकालले पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले आँधीखोलामा ५२ हजार माछाका भुरा छाडेको छ ।
गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ल्याइएका १४ पोका भुरा आँधीखोलाको विभिन्न सात ठाउँमा छोडेको बताउनुभयो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि गाउँपालिकाले माछाका भुरा खोलामा छाडेको हो ।
स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी, ताल र तलाउको जैविक विविधता कायम गर्नुका साथै पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले जैविक विविधता कायम राख्नका लागि खोलामा माछाका भुरा छाडेका हौँ ।”
खोलामा साना भुरा छोड्दा काग, बकुल्लोलगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढी हुने भएकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताउनुभयो । विभिन्न कारणबाट खोलामा माछा लोप हुँदै जान थालेपछि ठेडे, हाँडे र गर्दी जातको माछाका भुरा जलाशयमा ल्याएर आँधीखोलामा छाडिएको बताइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution