पुजन काफ्लेको मेरो सासको आवाज सार्वजनिक

पोखरा न्यूज । गायिका पुजन काफ्लेको स्वरमा नयाँ गीत मेरो सासको आवाज हौं तिमी सार्वजनिक भएको छ ।

काठमाण्डौंमा आईतवार सामाजिक सञ्जालबाट मेरो सासको आवाज सार्वजनिक गरिएको हो । गीतले प्रेम भावलाई व्यक्त गरिएको छ । पुजनले प्रेम गीतमा आफ्नो स्वरको माधुर्यता पोख्नुभएको छ ।

आफूले मन पराएको मान्छेसँगको सामीप्यता र प्रेमलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । एस पि सागरले रचेको शब्दलाई ईन्द्र आरपीले संगीतवद्ध गर्नुभएको छ ।

बुद्ध स्याङ्बाले उक्त गीतलाई एरेञ्ज गर्नुभएको छ । गीतमा अञ्जान काफ्ले र अनु पराजुलीको अभिनय रहेको छ । शेरबहादुर बिसीले निर्देशन गरेको भिडियोमा शिवन पोखरेलको कोरियोग्राफी रहेको छ । अजय रेग्मीले खिचेको गीतलाई सुधन बस्नेतको सम्पादन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button