पोखरामा १२ सहित गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा १२ सहित गण्डकी प्रदेशमा बुधबार दिउसो थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष ५ का १ पुरुष, ६ का १ पुरुष तथा १ महिला, ८ का १ पुरुष, ११ का २ महिला, १३ की ६ वर्षीया बालिका, १७ का २ पुरुष तथा १ महिला, २५ का १ पुरुष रहेका छन् ।

त्यस्तै लमजुङ मध्येनेपालका ४ पुरुष, मनाङ नासोङका १ पुरुष तथा ४ महिला, म्याग्दी मंगलका ६ पुरुष तथा १ महिला मा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार १ सय ८५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button