कास्की काँग्रेसले तीन वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

पोखरा न्यूज । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस १३ गते कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । कास्की काँग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र र प्रदेश सभापतिसहितको बैठकले प्रदर्शनलाई प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

काँग्रेसले पुस १३ मा देशव्यापी रुपमा १६५ वटा संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै छ । बैठकले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा प्रवचन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button