आजको राशिफल : पौष १३ गते सोमबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मिति २०७७–पौष–१३ गते सोमबार नेपाल सम्वत्, ११४१ तदनुसार डिसेम्बर महिनाको २८, २०२० ।

तिथिःचतुर्दशी अहोरात्र, नक्षत्रः रोहिणी घ।प।२२ः५५, योगः शुक्ल, करणः गर, आनन्दादी योगः प्रवद्र्ध
चन्द्रमाः वृष, सूर्यः धनु, अयन : दक्षिण
सूर्योदयः बिहान ६ः५५
सूर्यास्तः बेलुका १७ः१६

आजको राशिफल

मेष। आजको तपाईको दिन समय अनुकुल नभएकाले लेनदेनको क्षेत्रमा सजग अपनाउनुपर्नेछ । स्वास्थ्यको क्षेत्रमा ध्यान दिनुहोला । परिवारिक समस्याको समाना गर्दै दिन व्यतित गर्नुपर्ने देखिन्छ । काम गर्ने सिलसिलामा आवस्यक पूर्ब तयारी नहुनाले बाधा ब्यबधान आउन सक्छ, त्यसैले सम्यमित रहनुहोला।मनमा चिसो पस्नेछ।

बृष। बृष राशी तपाइका लागि समय उत्तम रहेको छ । दाजुभाइको मिलनले परिवारमा नया कार्यको थालनी हुने देखिन्छ।आर्थिक पक्ष राम्रो रहने छ।कार्यक्षेत्रप्रती समर्पित भइने देखिन्छ।व्यापार ब्यबसायमा सोचेअनुरुप सफलता मिल्नेछ ।साथिभाइ तथा ईष्टमित्रको सहयोग र समर्थन रहनेछ ।

मिथुन। मिथुन राशी हुने तपाइको लागि आज मिश्रित फलदायी रहेको छ।साथिभाइ बिचमा लेनदेन गर्दा बिचार पु¥याउँदा उत्तम रहने देखिन्छ। राम्रो अवसर तथा समयले साथ दिदा दिदै पनि बिकल्पको खोजीमा लाग्नाले काम कारोबारमा हानी नोक्सानी हुन सक्ने देखिन्छ।चिन्ता बढने देखिन्छ।

कर्कट। तपाइको आजको दिनचर्याका लागि समयले अतिनै साथ दिने देखिन्छ। आम्दानीका नया नया श्रोतहरु फेला पर्नेछन् आर्थिक पक्ष सुधार हुँदै जनेछ। मनमा आनन्द हुनेछ।सहयोग र सद्भावमा मन जानेछ। बिदेशी ब्यक्तिको हातबाट कुनै महत्वपुर्ण उपहार प्रप्त हुने देखिन्छ।

सिह। सिह राशि हुने तपाइका लागि समय उत्तम नै मान्नुपर्ने देखिन्छ। अध्यन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धन लाभको योग देखिन्छ । परिवारमा खुशियाली छाउनेछ।सकरात्मक सोचाइ रहनेछ । राजनितीक सफलता मिल्नेछ ।बोलिको प्रभाव बढ्नेछ ।

कन्या। तपाइको आजको दिनमा समयले कमै मात्रमा साथ दिने देखिन्छ। नजिकैको आफन्तबाट धोका खानुपर्ने योग रहदा सतर्क सहनु नै बुद्धिमानी हुनेछ।काम कारोबर गर्दा बिचार गरेर मात्र गर्नुहोला।अन्यथा धोका आफैलाइ हुने देखिन्छ।आर्थिक क्षेत्रमा आफै चनाखो बन्नुपर्ने देखिन्छ।

तुला। तपाइको आजको दिन भाग्योदयको योग रहेको छ। सरकारी मान सम्मान मिल्न सक्नेछ । पारिवारिक जमघट ले मन प्रसन्न रहने छ।कृयाशिलता तथा नेतृत्वदायी भुमिकामा मन जानेछ।साथिभाइको सहयोग मिल्ने योग रहेको छ। अध्यन अध्यापनमा सफलता मिल्नेछ ।

बृश्चिक। बृश्चिक राशी हुने तपाइका लागी आजको दिन मद्यम रहेको छ । आर्थिक पक्षमा केही गिरावट आउने देखिन्छ। साथिभाइ सँग आफू अनुकुल लाभदायक हुने देखिदैन। सजग रहनुपर्नेछ।प्रतिस्पर्धात्मक काम कारोबारमा हात हाल्न पुगिनेछ ।आत्मबल तथा आत्मबिश्वास मा कमि आउनेछ ।

धनु। आजको तपाइको दिनमा समयले साथ दिने देखिन्छ रोकिएका काम कार्यमा सफलता मिल्नेछ । परिवारमा नया सदस्यको आगमन हुनाले खुसियाली मनाउन पाइने छ।कर्मभाब खुलेको छ। उच्छ ओहोदाको ब्यक्तिको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।

मकर। मकर राशी हुने तपाइको लागि आजको दिन स्वास्थ्यमा समस्या देखिदा अलस्यता पैदा हुनेछ। एलर्जी सम्बन्धि रोगले आक्रमण गर्न हुदा बिचार पुर्याउनु नै उत्तम मानिने छ।आर्थिक पक्ष कमजोर देखिन्छ । अध्ययन अध्यापन मा खासै राम्रो देखिदैन।

कुम्भ। कुम्भ राशी हुने तपाइका लागि आजको दिन अधुरा काम पूरा हुँदै जानेछन् । नया नया कामको शुरूवात हुनेछ । लक्ष्मीले साथ दिनाले मन सारै नै प्रफुल्ल रहने देखिन्छ । रमाइलो यात्रा तथा मिष्ठान्न भोजनको योग पनि रहेको छ।

मीन। तपाइको आजको दिन डटेर अगाडी बढ्नुहोला किनकी समयले तपाइको पक्षमा रहेर काम कार्यमा सफलता दिने योग रहेको छ। समयको सहि सदुपयोग गर्नुनै उत्तम मानिनेछ। शत्रु पक्ष कमजोर हुनेछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button