क्वारेनटिनमा मृत्यु भएका म्याग्दीका मंगलको परिवारलाई मोना कतारको सहयोग

 देवी कँडेल ,दोहा कतार । कतारमा कोरोना पोजेटिभ देखिएर क्वारेनटिनमा बसी रहेकै बेला १६ जुन २०२०मा झुन्डिएर आत्महत्या गरेका म्याग्दी पुलाचौर पुरुन्यका मंगल सिंह दमाईको परिवारको लागी म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले नगद ६० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको प्रमुख आतिथ्यतामा म्याग्दी बेनी स्थित मोनाको कार्यालयमा एक कार्यक्रम आयोजना गरी  उक्त रकम मृतककी श्रीमतीलाई हस्तान्तरण गरिएको मोना कतारका संरक्षक विक्रम कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा  प्रजिअ अधिकारीले सहयोगसँगै प्रवासी म्याग्देलीहरु मृतकका परिवार सँग सँगै छन भन्ने पुष्टि भएको बताउँदै प्रवासका म्याग्देलीहरु जिल्लाका हरेक दु:खमा साथमा उभिएको प्रमाणित भएको बताउनुभयो ।

मृतक दमाईको शव नेपाल पठाउन कतारबाट मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल लगायतले  पहल गरे पनि कोरोनाका कारण सफल हुन नसक्दा केही महिना पहिल्यै कतारमै अन्त्यष्टी गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button