आजको राशिफल : पौष १४ गते मंगलबार

वीरेन्द्र सापकोटा, पोखरा न्यूज ।  आज मितिः २०७७–पौष–१४, मङ्गलबार, नेपाल सम्वत् ११४१, तदनुसार डिसेम्बर महिनाको २९, २०२० । तिथिः चतुर्दशी घ.प.१ः५२(७ः४०), नक्षत्रःमृगशीरा घ.प.२७ः३१, योग शुक्ल, करणः भ, आनन्दादी योग :राक्षस

चन्द्रमाः मिथुन, सूर्यः धनु, अयनः दक्षिण

सूर्योदयः६ः५५

सूर्यास्तः १७ः१६

आजको राशिफलः

मेष । आजको तपाइको दिनचर्या सुखद तवरले बित्ने देखिन्छ । खेलकुदर सञ्चारमा राम्रो हुने योग रहेको छ ।परोपकारी कार्यमा मन जानेछ । बन्धुबान्धव, इष्टमित्रबाट सहयोग प्राप्त हुने योग देखिन्छ ।

वृष । आजको तपाइको दिनचर्या राम्रो छैन । स्वास्थ्यमा सावधानि अपनाउनुपर्ने देखिन्छ भने बोलिमा विचार नपु¥याउँदा झैझडाको सम्भावना देखिन्छ । व्यापारमा कमी आउनेछ भने नराम्रा समाचार सुन्नुपर्ने योग रहेको छ ।

मिथुन । तपाइको आजको दिन सुखद यात्राको योग रहेको छ । सामाजिक कार्यमा मन जानेछ । रोकिएको काम अघि बढादा फाइदा हुनेछ । अध्ययनमा मन जानेछ । आर्थिक अवस्था राम्र रहनेछ देखिन्छ ।

कर्कट । तपाइको आजको दिन सन्तोषजनक रहेकोछ । स्वास्थ्यमा सुधार आउनेछ । व्यापारमा राम्रो रहेको छ । मुद्दा मामिलामा विजयिको योग देख्न सकिन्छ । सकारात्मक समाचारले दिनचर्या खुसिमय बनाउने देखिन्छ ।

सिंह । तपाइको आजको दिनमा घरपरिवारबाट सहयोग प्राप्त हुनेछ । आर्थिक कारोबार राम्रो रहेको छ । अध्ययनमा मन जानेछ ।मान सम्मान र पुरस्कारले तपाइलाई प्रफुल्ल बनाउने छ । चिताएको काममा सफलता हात लाग्नेछ ।

कन्या । तपाइको आजको दिन त्यति राम्रो देखिदैन । स्वास्थ्यमा गढबढी हुने देखिन्छ । आर्थिक कारोबारमा राम्रो देखिदैन । आफन्तजनबाट धोका हुन सक्ने हुदा सावधानी अपनाउनुनै उत्तम हुने देखिन्छ ।

तुला । रोजगारीको अवसर प्राप्त हुने योग देखिन्छ । मिष्ठान्न भोजनको योग रहेको छ । रोजगारीका अवसरहरु प्राप्त हुनेछन् । व्यापार व्यवसायबाट राम्रो हुने देखिन्छ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

वृश्चिक । तपाइको आजको दिनमा आत्मबल बढेर जानेछ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । अध्ययनमा रुचि बढ्ने देखिन्छ । सामाजिक कार्यमा मन जानेछ भने घरपरिवारबाट राम्रो सहयोग मिल्नेछ ।

धनु ।पारिवारिक स्थितिमा सुधार आउँदा तपाइको आजको दिनचर्या सुखमय तवरले बित्ने देखिन्छ । मान–सम्मान प्राप्त हुनेछ । रोजगारीको अवसरहरु सृजना हुनेछ । महत्वपूर्ण कार्यहरु सफलतापूर्वक बन्ने दिन रहेको छ ।

मकर । तपाइको आजको दिन राम्रो छैन । साथि भाइसँग झगडाको योग रहेको छ । स्वास्थ्यमा समस्या देखिन्छ । अशुभ समाचार सुन्न पर्नेछ । जसभन्दा पनि अपजस खेप्नुपर्ने दिन आज तपाइको रहेको छ ।

कुम्भ ।तपाइको आजको दिनमा रोकिएका काम बन्ने छ । रमाइले गरेर नै आजको दिन तपाइको बित्नेछ । व्यापार–व्यवसायमा राम्रो रहेको छ । धर्मकर्ममा मन जानेछ । शुभ समाचारहरु सुन्न पाइनेछ ।

मीन । सामाजिक कार्यमा सफलता प्राप्त गर्ने योग रहेकोछ । मातापिता र आफन्त मान्यजनबाट सहयोग प्राप्त हुनेछ । मुद्दा मामिलामा विजयिको यात्रा देखिन्छ । यात्रा पनि सुखद हुने देखिन्छ । पूर्णत आजको तपाइको दिन सुखद रहेको छ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button