आजको राशिफल : पुष १५ गते बुधबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मिति २०७७–पौष–१५ गते, बुधबार, सम्वत्सरः प्रमादी, नेपाल सम्वत् ११४१, तदनुसार डिसेम्बर–३०, २०२० ।

तिथिः पूर्णिमा घ।प।४ः३२ ९८ः४५०, नक्षत्र आद्र्रा घ।प। ३०ः५८ ९१९ः१९०योगःव्रज, करणःबालव, आनन्दादी योगः मुशल

चन्द्रमाःमिथुन, सूर्य धनु, अयनःदक्षिण

सूर्योदयः बिहान ६ः५६

सूर्यास्तः बेलुका १७ः१७

आजको राशिफल 

मेष। तपाइको आजको दिनचर्या सुखमय तवरले बित्नेछ । अध्ययनमा रुचि बढेर जानेछ। कहिँ कतै आफ्नो प्रतिभाको कमि हुने छैन।धेरै ब्यक्तिको सहयोग पाएनेछ । लामो यात्रा गर्नुपर्ने योग रहेकोछ। नयाँ नयाँ मित्रहरु बन्नेछन् ।सहयोग र सहकार्यको विकास हुनेछ।

बृष । तपाइको आजको त्यति राम्रो देखिदैन । मनमा अनेक प्रकारका शंका उपशंका उत्पन्न हदा मानसिक तवरले सताउने देखिन्छ । ईष्टमित्र तथा आफन्तसंग बिवाद बढ्न सक्ने भएकाले सावधानी अपनाउनु नै उत्तम हुनेछ।कसैको बोलिको प्रभाबमा नपर्नुहोला । जस भन्दा पनि अपजस खेप्नुपर्ने योग रहेको छ ।

मिथुन। घरपरिवार तथा साथिभाइको मिलनले तपाइको आजको दिन खुसिमय तवरमा बित्ने देखिन्छ । भौतिक सुख सुबिधाको बातावरण बन्नेछ। साथिभाइको सहकार्यले उचित काम बन्नेछ । राजनीतिक तथा सामाजिक काम कार्यमा मन जानेछ। परिस्थिति अनुरुप काम सफल गराउन पाइने योग रहेको छ।

कर्कट। सोचेअनुसारका काम बन्दा दिन सफलतापूर्वक बित्ने देखिन्छ । अधुरा काम कारोबारमा पुर्ण सफलता मिल्नेछ।नयाँ नयाँ काम कारोबार समेत अवसर जुट्नेछ।व्यापार ब्यबसायमा सोचेअनुरुप सफलता मिल्नेछ । शारीरिक तथा मानसिक रुपमा फुर्ति बढ्नेछ।आर्थिक उन्नति हुँदै जादा समग्रमा सन्तोषपूर्वक दिन व्यतित हुनेछ ।

सिंह ।तपाइको दिन राम्रो रहेको छ । मनमा आँट र साहस को वृद्धि हुने देखिन्छ । परिवारमा खुशीयाली तथा रमाइलो हुनेछ ।सुख सौभायका अवसर प्रप्त हुँदै जानेछन् ।घर परिवार तथा आफन्तको सहयोगमा महत्त्वपूर्ण काम सप्पन्न हुनेछ। जो कोहीबाट पनि आर्थिक लाभ लिन सकिनेछ।

कन्या। तपाइको आजको दिन राम्रो रहेको छैन । ग्रह उल्टो तरिकाले चल्न सक्ने हुदा सम्यमित हुनुहोला।आफुले गर्नुपर्ने काममा ध्यान नपुर्याउदा अरुले फाइदा लिन सक्नेछन् चनाखो रहनुहोला। सावधानी नअपनाउँदा तपाइले गर्ने काम कारोबारमा ढिलासुस्ति हुन सक्नेछ ।

तुला। तपाइको आजको दिन राम्रै तवरले बित्ने देखिन्छ।मेलमिलाप तथा आपसी समझदारीमा काम कारोबार सम्पन्न हुनेछन् ।आर्थिक लाभ राम्रो संग लिन सकिनेछ । पढाई लेखाइमा रुचि बढेर जानेछ।उत्साह उमंग बढेर जाने देखिन्छ।

बृश्चिक। तपाइको आजको दिन सन्तोषजनक रुपमा बित्नेछ । इमान्दारीका साथ काम गर्दा सफलता हात लाग्नेछ । नयाँ ब्यक्तिसंग सम्बन्ध अगाडी बढ्नेछ । सहयोगी भावना बढ्नेछ ।परिस्थिति अनुसारको काम कारोबार हुने देखिन्छ।आफन्जन, साथिभाइ तथा ईष्टमित्रमा मेलमिलाप को भावना बढ्नेछ ।

धनु। आत्मबल तथा आत्मबिस्वासमा वृद्धि हुँदा तपाइले गरेका कार्य उत्कृष्ट तवरले सम्पन्न हुने देखिन्छ । आर्थिक पक्षमा राम्रै सफलता मिल्नेछ।उत्साह बढ्नेछ। उच्च तहका ब्यक्तिबाट सहयोग पाइने हुदा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ।

मकर।  तपाइको आजको दिन राम्रो देखिदैन । अरुको भरमा परेर कुनै पनि काम नगर्दै व्यस हुने देखिन्छ । नजिकै आएको अवसर पनि गुम्न सक्नेछ । आफुले बिश्वास गरेकै ब्यक्तिबाट धोका मिल्नेछ । आफन्तबाटै धोका मिल्न सक्नेछ ।

कुम्भ। तपाइको आजको दिनमा राम्रा कार्यको सुरुवात हुनेछ। अपरिचित ब्यक्तिको सहयोगले महत्वपुर्ण काममा सफलता प्राप्त हुनेछ ।राजनीतिक तथा सामाजिक भेटघाट हुनेछ ।सकारात्मक सोचाइ रहनेछ।काम प्रति लगाब तथा लगनशीलता रहनेछ।

मिन। आजको दिनमा तपाइका लागि प्रतिष्पर्धात्मक काम ब्यहबारमा हात हाल्ने योग देखिन्छ।वाद विवादले मनमा अशान्ति छाउनेछ। सजक र शान्त रुपमा अगाडी बढ्नुपर्ने देखिन्छ । संचित धनको नास हुन सक्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button