पोखरामा खोला मिचेर बनाइएको रिटेनिङ पर्खाल हटाउन माग

पोखरा न्यूज । नागरिक समाज कास्कीले सावैजनिक जग्गा अतिक्रमण बारे स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

विहिबार संस्थाका संयोजक इन्द्रकमल मानन्धर नेतृत्वको प्रतिनिधिमण्डलले पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीलाई ध्यानाकर्षण गराएको जनाएको छ ।

नागरिक समाजको प्रतिनिधिमण्डलले वडास्थित फिर्केखोलाको झण्डै दुई रोपनी जग्गा अतिक्रमण गरी निर्माण गरिएको रिटेनिङ पर्खाल तत्काल हटाउन वडा अध्यक्ष नेपालीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

समाजका पूर्वअध्यक्ष तथा नागरिक अभियन्ता रामबहादुर पौडेलका अनुसार सार्वजनिक जग्गा अतिक्रमका सम्बन्धमा अख्तियार कार्यालय पोखराका प्रमुखलाई पनि यसबारे जानकारी गराइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button