पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

पोखरा न्यूज । पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२ निवासी ५८ वर्षीया कोरोना संक्रमित महिलाको विहीबार बिहान ७.३५ बजे मृत्यु भएको हो । यही पुस १५ गते कोरोना संक्रमण पुष्टि भई पोखराको फिस्टेल अस्पतालमा उपचाररत महिलाको उपचारकै क्रममा आज (विहीबार) बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले बताउनुभयो ।

उहाँमा अन्य दीर्घरोग समेत रहेको बताइएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या एक सय ९२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button