पोखरामा १६ सहित गण्डकीमा थप ३४ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा १६ सहित गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, ३ का १ पुरुष, ८ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष तथा १ महिला, ११ की १ महिला, १४ का ३ पुरुष, १५ का १ पुरुष, १६ का १ पुरुष, १७ का १ पुरुष, १९ का १ पुरुष, २७ का १ पुरुष र पोखरा महानगरपालिका वडा नखुलेका १ पुरुष रहेका छन् ।

त्यस्तै स्याङ्जा वालिङका १ पुरुष, नवलपुर बुलिङटारका १ महिला, बुङ्दीकालिका १ पुरुष, देवचुलीकी १ महिला, गैंडाकोटका १ पुरुष तथा ३ महिला, हुप्सेकोटका १ पुरुष तथा १ महिला, कावासोतीका १ पुरुष तथा १ महिला, मध्यबिन्दुका २ पुरुष तथा १ महिला, तनहुँ देवघाटका १ पुरुष तथा १ महिला, भानुका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा १४ हजार ५ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button