पोखरामा ३२ सहित गण्डकीमा थप ५९ जनामा कोरोना संक्रमण,एकको मृत्यु

पोखरा न्यूज । कास्कीमा ३२ सहित गण्डकी प्रदेशमा विहीबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित पुष्टिहुनेहरुमा कास्कीका ३२, नवलपुरका १४, तनहुँका ७, स्याङ्जाका २, लमजुङका २, म्याग्दीका १ बागलुङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा न १ का १ पुरुष, ३ का १ पुरुष, ८ का २ पुरुष तथा १ महिला, ९ का २ महिला, १० का ६ पुरुष तथा ४ महिला, ११ की १ महिला, १४ का ३ पुरुष, १५ का १ पुरुष, १६ का १ पुरुष, १७ का २ पुरुष, १९ का २ पुरुष, २५ का १ पुरुष, २७ का १ पुरुष र पोखरा महानगरपालिका वडा नखुलेका १ पुरुष तथा २ महलिा रहेका छन् ।

त्यस्तै लमजुङ सुन्दरबजारका २ पुरुष, बागलुङकी १ महिला, म्याग्दी बेनीकी १ महिला, स्याङ्जा वालिङका १ पुरुष, हरिनासकी १ महिला, तनहुँ भीमादका २ पुरुष तथा २ महलिामा, देवघाटका १ पुरुष तथा १ महिला, भानुका १ पुरुष, नवलपुर बुलिङटारका १ महिला, बुङ्दीकालिका १ पुरुष, देवचुलीकी १ महिला, गैंडाकोटका १ पुरुष तथा ३ महिला, हुप्सेकोटका १ पुरुष तथा १ महिला, कावासोतीका १ पुरुष तथा १ महिला, मध्यबिन्दुका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १४ हजार ५ सय ८८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणकै कारण पोखरा-२ की ५८ वर्षीया एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ । यही पुस १५ गते कोरोना संक्रमण पुष्टि भई पोखराको फिस्टेल अस्पतालमा उपचाररत ती महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button