नवलपुरमा सवारी दुर्घटना हुँदा युवा घाइते

पोखरा न्यूज । नवलपुरको देवचुलीमा शुक्रबार  दिउँसो ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एक युवा घाइते भएका छन् ।

नवलपुरको देवचुली नगरपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आईरहेको लु ३ त ७९१५ नं.को ट्याक्टरको  पछाडि भागमा सोही दिशाबाट आइरहेको लु ५५ प ७३२९नं.को मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक देवचुली नगरपालिका-३ निवासी १९ वर्षीय सुभष पुन मगर घाइते भएका हुन् ।

घाइते पुनलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दिउँसो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button