पोखरामा ३४ सहित गण्डकीमा थप ३९ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा ३४ सहित गण्डकी प्रदेशमा शनिबार दिउँसो थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ३ का १ पुरुष, ५ का ३ पुरुष, ६ का १ पुरुष तथा १ महिला, ७ का १ पुरुष तथा १ महिला, ८ का २ पुरुष तथा ४ महिला, १० की १ महिला, ११ की १ महिला, १२ की १ महिला, १३ का २ पुरुष तथा २ महिला, १४ का २ महिला, १५ का १ पुरुष तथा १ महिला, १७ का ३ पुरुष तथा १ महिला, १८ का १ पुरुष, १९ का १ पुरुष, २६ की १ महिला, २७ का २ महिला, कास्की अन्नपूर्ण गाउँपालिकाका १ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै पर्वत जिल्ला कुश्मा नगरपालिकाका १ पुरुष तथा १ महिला, तनहुँ जिल्ला शुक्लागण्डकीकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६ सय ७० पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button