पोखरामा ३६ जना सहित गण्डकीमा ५४ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरा महानगरपालिकाका ३६ जना सहित सोमबार गण्डकी प्रदेशमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार सोमबार बिहान २६ जनामा र दिउँसो थप २८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ७५३ पुगेको छ ।

सोमबार संक्रमण देखिएकाहरु कास्की, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ, पर्वत र मनाङ जिल्लाका बासिन्दाहरु छन् । पोखरा महानगरपालिकाको वडा नं ५ मा १ महिला र १ पुरुष, वडा नं ६ मा १ महिला र ३ पुरुष, वडा नं ७ मा २ पुरुष, वडा नं ८ मा १ महिला र १ पुरुष, वडा नं १३ मा ३ महिला र १ पुरुष, वडा नं १४ मा १ महिला र ४ पुरुष, वडा नं १६ मा ३ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी महानगरको वडा नं १७ मा ३ महिला र ५ पुरुष, वडा नं १८ मा १ पुरुष, वडा नं २५ मा १ महिला, वडा नं २७ मा २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पुतलीबजार नगरपालिकाको वडा नं १३ मा १ पुरुष, गोरखाको भीमसेन थापा नगरपालिका वडा नं १ मा १ जना पुरुष, गोरखा नगरपालिका वडा नं १२ का १ पुरुष, लमजुङ सुन्दरबजार नगरपालिका वडा नं २ का १ जना पुरुष र वडा नं १० का १ जना पुरुष, मस्र्याङ्दी गाँउपालिका वडा नं ३ का १ जना महिला, तनहुँ बन्दीपुर गाँउपालिका वडा नं १ का १ जना पुरुष, वडा नं ३ का १ जना पुरुष, शुक्लागण्डकी नगरपालिका वडा नं १० का १ जना पुरुष, पर्वत विहादी गाँउपालिका वडा नं १९ का १ जना पुरुष, स्याङ्जा वालिङ नगरपालिका वडा नं ८ का १ जना महिला र २ जना पुरुष र मनाङ नासोङ गाँउपािलकाका ४ जना महिला र १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु मध्ये २६ जना लाइफकेयर एण्ड डायग्नेस्टिक प्रालि पोखरामा गरिएको परिक्षण मार्फत पहिचान भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ । बाँकी २८ जना नयाँ संक्रमितहरु कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएको उहाँले बताउनु भएको छ । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको पनि निर्देशक डा. शर्माले बताउनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button